Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो १ बजे बस्दै

1 week ago
आज-प्रतिनिधी-सभा-र-राष्ट्रिय-सभाको-संयुक्त-बैठक-दिउँसो-१-बजे-बस्दै

आषाढ २ । आज प्रतिनिधी सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ । आज दिउँसो १ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने भएको हो । 

आजको बैठकमा विनियोजन विधेयक २०७९ को छलफलमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री शेरबहादुर देउँवाले जवाफ दिनुहुनेछ । 

त्यस्तै सभामुखले विनियोजन विधेयक २०७९ का खर्च कटौती प्रस्तावलाई निर्णयार्थ दिने, र अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९ पारीत गर्न प्रस्ताव गर्ने लगायतका कार्यसूची रहेको संघीय संसदको कार्यालयले जनाएको छ ।