जेष्ठ २७ । प्रमुृख प्रतिपक्ष दलका उपनेता वैजनाथ चौधरीले सरकारलाई धन्यवाद दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको दशौँ अधिवेशनको आठौँ बैठकमा औद्योगिक व्यवसाय प्रचलित प्रदेश कानुनको संशोधन र एकीकरणका लागि बनेको विधेयकमाथिको छलफमा बोल्दै चौधरीले धन्यवाद दिनुभएको हो । अहिलेको सरकारले पहिलेको सरकारले ल्याएको निति जस्तै निति तथा कार्यक्रम ल्याएको भन्दै सरकारलाई धन्यवाद दिनुभएको हो ।
चौधरीले एमालेको सरकार हुँदा ल्याइएका राप्ति नदीको करिडोरलाई व्यवस्थित गर्ने, तटबन्धन गर्ने, नदी आसपासका सहर व्यवस्थित गर्ने प्रस्तावलाई वर्तमान सरकारले निरन्तरता दिएकोमा धन्यवाद दिदैँ खुसी व्यक्त गर्नुभयो ।
चौधरीले प्रदेश सरकार नियमलाई तोडेर अगाडी बढेको आरोप लगाउँदै सरकारले केही गरी खान नसक्ने बताउनुभयो । उहाँले प्रदेशका पश्चिमवर्ती जिल्ला बर्दिया, प्युठान, तराईका सिमावर्ती क्षेत्रमा प्राविधिक शिक्षा चलाउँनु आफैमा राम्रै कुरा रहेको भन्दै स्पष्ट निति र तयारी आवश्यक रहने औल्याउनुभयो ।