Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

अनेरास्ववियुद्धारा त्रिभुवन विश्वविद्यालय खोल्न माग

2 weeks ago
अनेरास्ववियुद्धारा-त्रिभुवन-विश्वविद्यालय-खोल्न-माग

जेष्ठ २५ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियुले विगत पाँच महिनादेखि बन्द रहेको त्रिभुवन विश्वविद्यालय खोल्न माग गरेको छ । अनेरास्ववियुले मङ्गलबार एक सूचना जारी गर्दै अनेरास्ववियुले यस्तो माग गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले सूचना जारी गर्दै देशकै ठूलो विश्वविद्यालय ५ महिनादेखि बन्द हुनु आपत्त्जिनक रहेको बताउँदै सरकार कानमा तेल हालेर बसेको टिप्पणी गर्नुभएको छ । 


अनेरास्ववियुले अबको ३ दिनमा पनि विश्वविद्यालयको काम सूचारु नबनाए ताला फोरेर विश्वविद्यालय सञ्चालन गर्ने चेतावनी समेत दिएको छ । साथै सो कुराको जिम्मेवार सरकार र सम्बन्धित पक्ष हुने अनेरास्ववियुले जनाएको छ ।