Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

राष्ट्रिय सभा सरकारद्धारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित

4 weeks ago
राष्ट्रिय-सभा-सरकारद्धारा-आगामी-आर्थिक-वर्षको-नीति-तथा-कार्यक्रम-बहुमतले-पारित

जेष्ठ १३ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभा सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । सङ्घीय बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रश्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । राष्ट्रिय सभाको अर्काे बैठक जेठ १५ गते दिउँसो ३ बजे बस्ने छ ।