Devdaha Tv | खेलकुद
आश्विन १४ | 2022 Sep 30
Flash News

क्यानद्धारा नेपाल टी–ट्वान्टी लिग खेल्न फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान

4 months ago
क्यानद्धारा-नेपाल-टी–ट्वान्टी-लिग-खेल्न-फ्रेन्चाइज-टिम-खरिदका-लागि-खुल्ला-टेन्डर-आह्वान

जेष्ठ १३ । नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–ट्वान्टी लिग खेल्ने फ्रेन्चाइज टिम खरिदका लागि खुल्ला टेन्डर आह्वान गरेको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता टिम खरिदका लागि टेन्डर आह्वान गरेको हो । क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले आफ्नो आधिकारिक टी–ट्वान्टी प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिसकेको थियो । प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने क्यानले जानकारी गराएको छ ।