Devdaha Tv | समाचार
आषाढ १३ | 2022 Jun 27

आज राति मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

4 weeks ago
आज-राति-मेघगर्जन-र-चट्याङसहित-वर्षाको-सम्भावना


जेष्ठ १३ । हाल स्थानीय वायु, भारतको विहारको वरपर न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाले आज राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहने जनाएको छ । महाशाखाका अनुसार आजराति प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।