जेष्ठ १३ । हप्ताको छैटौँ दिन शुक्रबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । बिहीबार ९७ हजार ८ सय रुपैयामा कारोबार भएकोको सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ९८ हजार प्रतितोलामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँबाट बढेर ९७ हजार ५ सय रुपैया ँ प्रतितोला कारोबार भईरहेको छ ।
आज सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि आएको छ । बिहीबार १ हजार २ सय ७० मा कारोबार भईरहेको चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेर १ हजार २ सय ८० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।