Devdaha Tv | समाचार
आषाढ १३ | 2022 Jun 27

थप १२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि

4 weeks ago
थप-१२-जनामा-कोरोना-भाईरस-सङ्क्रमण-पुष्टि

जेष्ठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन विधीबाट कुल ३ हजार ३ सय ८७ जनामा परीक्षण गर्दा थप १२ जनामा कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १२ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २४ पुगेको मन्त्रालयले पुष्टि गरेको छ । 


आज थप ६६ हजार १ सय ८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने थप १३ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।