Devdaha Tv | राजनीति
आषाढ १३ | 2022 Jun 27

सरकारले नवनिर्वाचित पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम दिने

1 month ago
सरकारले-नवनिर्वाचित-पदाधिकारीहरुलाई-अभिमुखिकरण-तालिम-दिने

जेष्ठ १२ । सरकारले स्थानीय तह नवनिर्वाचित पदाधिकारीहरुलाई अभिमुखिकरण दिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारसँगको सहकार्यमा स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी अभिमुखिकरण दिने भएको हो । 

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम दिने जनाएको हो । उक्त अभिमुखिकरण तालिम २ दिन चल्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्षलाई अभिमुखिकरण दिने भएको हो । 

अभिमुखिकरण तालिम प्रदेश नंं. १ र सुदुरपश्चिम प्रदेशमा यही जेष्ठ २५ र २६ गते सञ्चालन हुने र मधेश प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा जेष्ठ २७ र २८ गते सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेश तथा बाग्मती प्रदेशमा जेष्ठ ३० र ३१ गते हुने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।