Devdaha Tv | स्थानीय
जेठ १४ | 2023 May 28
Flash News

आजदेखि निर्वाचन आचारसंहिता लागू नहुने

1 year ago
आजदेखि-निर्वाचन-आचारसंहिता-लागू-नहुने

जेष्ठ १० । निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता लागू नहुने जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै २०७८ चैत २५ गतेदेखि लागू गरीएको निर्वाचन आचारसंहिता आजदेखि लागू नहुने जनाएको हो । 

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार बमोजिम निर्वाचन आचारसंहिता २०७८ को दफा १ को उपदफा २ बमोजिम देशभर निर्वाचन आचारसंहिता अनिवार्य गरेको थियो । आचारसंहिता विपरितका कार्य गर्नेलाई आयोगले स्पष्टीकरण सोध्ने, दण्ड जरिवाना गर्ने तथा अन्य कानुनी व्यवस्था गरेको थियो ।