Devdaha Tv | स्थानीय
आषाढ १३ | 2022 Jun 27

भरतपुर महानगरपालिका मेयरमा रेनु दाहाल र उपमेयरमा नागेस कोईराला विजयी

1 month ago
भरतपुर-महानगरपालिका-मेयरमा-रेनु-दाहाल-र-उपमेयरमा-नागेस-कोईराला-विजयी

जेष्ठ १० । भरतपुर महानगरपालिकाको निर्वाचन परीणाम सार्वजनिक भएको छ । भरतपुरको मेयर पदमा नेकपा माओवादी केन्द्रका रेनु दाहाल ५२ हजार २८ मतसहित निर्वाचित हुनुभएको छ । दाहालले आफ्ना प्रतिस्पर्धीहरुलाई अत्यधिक मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।

दाहालका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका जगन्ननाथ पौडेलले १४ हजार ७ सय २८ मत प्राप्तगर्नुभएको छ । 

भरतपुर महानगरपालिका उपमेयर पदमा नेपाली काङ्ग्रेसका नागेस कोईराला ३० हजार १ सय ७०मतसहित विजयी हुनुभएको छ । उहाँँका निकटतम् प्रतिस्पर्धी एमालेका सागरकुमार थापाले २१ ह्जार ४ सय ५५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनुभएका उमेशकुमार यादवले ८ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तैगरी राष्ट्रिय  प्रजातन्त्र पार्टीका प्रहलाद प्रसाद शाह हलवाईले ८ हजार २ सय १६ मत प्राप्त गर्नुभएको छ ।