Devdaha Tv | स्थानीय
आषाढ १३ | 2022 Jun 27

गुल्मीका नवनिर्वाचित जनप्रतिधीहरुले स्थानीय तहका प्रमुखद्वारा शपथ ग्रहण

1 month ago
गुल्मीका-नवनिर्वाचित-जनप्रतिधीहरुले-स्थानीय-तहका-प्रमुखद्वारा-शपथ-ग्रहण

जेष्ठ ६ । गुल्मी जिल्लामा स्थानीय तहमा नवनिर्वाचित जनप्रतिधीहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । शुक्रवार रेसुङ्गा नगरपालिकाको सभाहलमा निर्वाचित पालिका प्रमुखले मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीबाट शपथ लिनुभएको हो । स्थानीय तहका प्रमुख एवं अध्यक्षले न्यायधीस मुख्य निर्वाचन अधिकृतबाट शपथ लिनुभएको हो । सपथ लिएपछी उहाँहरुले आफ्नो पालिकामा पुगेर उप–प्रमुख,वडा अध्यक्ष सहित निर्वाचित सदस्यलाई सामुहिक रुपमा पद तथा गोपनीयताको शपथ गराएर कार्यभार सम्हाल्नेछन् ।

जिल्लाका स्थानीय तहका प्रमुख सपथ लिएर आफनो स्थानीय तहमा पुगेर पदभार ग्रहण गर्नुभएको छ । नवनिर्वाचित स्थानीय तहका प्रमुखहरुले निर्वाचनमा मातदाता विच गरेका प्रतिबद्धता अनुरुप काम गर्ने जनप्रतिनिधिले बताउनरभएको छ । सपथ लिनुभएका प्रमुखले आफ्नो पालिकामा पुगेर आजै अन्य जनप्रतिनिधिलाई  सपथ ग्रहण गराउनुहुने छ ।

जिल्लामा ५ वटा स्थानीय तहमा नेपाली कांग्रेस, ४ वटामा माओवादी केन्द्र र ३ वटामा नेकपा एमालेले जितेको छ । जिल्लाभरका स्थनीय तह ९३ वटा र ४ सय ८९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुको पाँच वर्षे कार्यकाल आजबाट सुरु भएको छ । निर्वाचित जनप्रतिनिधिले मतदाताको अपेक्षा अनुरुप काम गर्ने छन् ।