Devdaha Tv | स्थानीय
आषाढ १३ | 2022 Jun 27

रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी, उपाध्यक्षमा राप्रपा

1 month ago
रोहिणी-गाउँपालिकाको-अध्यक्षमा-जनता-समाजवादी,-उपाध्यक्षमा-राप्रपा

जेष्ठ ५ । रुपन्देहीको रोहिणी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् । 

जसपाका विद्याप्रसाद यादवले ७ हजार ४९६ मत ल्याउँदै अध्यक्ष जितेका हुन् । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिरअलि भाटले ६ हजार ४५८ मत पाए ।

यहाँ नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवार निकै पछाडि परे । एमालेका सनोजकुमार यादवले ३ हजार १०२ र नेपाली कांग्रेसका बैजनाथ साहनीले २ हजार ३५६ मत पाए ।

उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी शिवकान्ती चमार विजयी भएकी छन् । उनले ६ हजार १५४ मत प्राप्त गरेकी छन् ।

जनता समाजवादी पार्टीकी रिमा मिश्राले ५ हजार ९०२ र एमालेकी बसन्ती पाण्डेले ३ हजार ३८ मत पाएकी छन् ।