Devdaha Tv | स्थानीय
आषाढ १३ | 2022 Jun 27

रामग्राम नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राप्रपा

1 month ago
रामग्राम-नगरपालिकाको-मेयरमा-एमाले-र-उपमेयरमा-राप्रपा

जेष्ठ ५ ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा राप्रपाले विजय हासिल गरेको छ।

यसअघि कांग्रेसले मेयर र उपमेयर जितेको यो नगरमा  प्रमुखमा पुन नरेन्द्रकुमार गुप्ताले उम्मेद्धारी दिएका थिए  । उपमेयरमा भने कांग्रेसले नयाँ अनुहारलाई पालो दिएको थीयो  । निवर्तमान मेयर गुप्ता नेकपा एमालेका धनपद यादवसँग १५ सय ५७ मत अन्तरले पराजित भएका हुन् । गुप्ताले ६२ सय ६७ मत ल्याउँदा निर्वाचित मेयर पदका उमेदवार यादवले ७८ सय २४ मत ल्याएर विजयी भएका हुन् । 

यस्तै मेयर पदमा राष्ट्रिय प्रजातन्त्र पार्टिका उम्मेद्धार रामभवन यादवले ५ हजार ९३ मत पाए भने जनता समाजवादी पार्टिका उम्मेद्धार गोविन्द चौधरीले ३९ सय ८९ मत मात्र प्राप्त गरेका छन् । 

उपमेयरमा भने राप्रपाकी सम्झना चौधरी विजयी हासिल गरिन  । चौधरीले एमालेकी लक्ष्मी क्षेत्रीलाई १ सय १९ मत अत्तरले पराजित गर्दै विजयी भएकि हुन । निर्वाचित चौधरीको ६५८२ र क्षेत्रीको ६४६३ मत प्राप्त गरिकी छन् । कांग्रेसकी उपमेयरकी उमेदवार आराधना भट्टले ५३९३ मत प्राप्त गरेकी छन्  ।