जेष्ठ ४ । युक्रेनले मारीओपोलको एजोभस्टल स्टीलबर्कमा फसेका बाँकी लडाकुहरूलाई बचाउन सम्भव र असम्भव सबै गरिरहेको युक्रेनका एक अधिकारीले बताउनुभएको छ ।
मंगलबार आफ्नो भिडियो सम्बोधनमा, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सेना, गुप्तचर र वार्ता टोलीहरू, साथै रेड क्रस र संयुक्त राष्ट्र संघ निकासी अभियानमा संलग्न रहेको बताउनुभएको छ । युक्रेनलाई जीवित नायकहरू चाहिने बताउदै जेलेन्स्कीले युक्रेनी सेनालाई तुरुन्तै रिहा गर्न नसकिने चेतावनी दिनुभयो । उहाँले रिहाइको लागि वार्तालाप गर्न विनम्रता र समय चाहिने पनि उल्लेख गर्नुभयो ।
रक्षा मन्त्री हन्ना मलियारले किभलाई प्लान्टमा कति सैनिक अझै छन भन्ने थाहा भएको तर संवेदनशील जानकारी भएकोमा जोड दिनुभयो । उहाँले उद्धार कार्य नभएसम्म प्लान्टमा कति सैनिक छन् त्यो खुलासा नगर्ने पनि बताउनुुभयो ।
रुसी अभियोजकहरूले मस्कोले डोनबास नागरिकहरू विरुद्ध युक्रेनी शासनको अपराध भनेर वर्णन गरेको अनुसन्धानको भागको रूपमा सबै युक्रेनी सैनिकहरूलाई सोधपुछ गर्ने बताउनु भएको छ ।
युक्रेनी सांसद लेसिया भासिलेन्कोले बीबीसीलाई रेडक्रस र संयुक्त राष्ट्र संघको सहयोगमा रुससँग भएको सम्झौता पूरा गर्न र सैनिक आदानप्रदान हुनु आवश्यक भएको बताउनुभएको छ ।