जेष्ठ १ । अमेरिकाको न्युयोर्क राज्यमा भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । उक्त घटनामा ३ जना घाईते भएका छन् । हतियारधारी १८ बर्षीय युवकलाई बफेलो शहरको घटनास्थलमा स्ट्यान्ड–अफ पछि पक्राउ गरिएको थियो । ति युवकले आक्रमणलाई अनलाइन स्ट्रिम गर्न क्यामेरा प्रयोग गरेको त्यहाँका प्रहरी अधिकृतहरुले जनाएका छन् ।
बफेलो शहरका प्रहरी आयुक्त जोसेफ ग्रामाग्लियाले गोली हानेर मारिएकामध्य धेरैजसो कालो जातीका भएको बताउनुभयो । हतियारधारी युवक शेना शैलीमा भित्र पसेको, झुकेका र मानिसहरूलाई गोली हानेको प्रत्यक्षदर्शीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनालाई घृणित आक्रमणको संज्ञा दिदै घटनालाई घृणित अपराध र जातीय उत्प्रेरित हिंसात्मक अतिवादको मुद्दाको रूपमा अनुसन्धान गरीने उल्लेख गर्नुभएको बिबिसीले जनाएको छ ।