Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

लुम्बिनी प्रदेशमा वर्षा : आजपनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

2 weeks ago
लुम्बिनी-प्रदेशमा-वर्षा-:-आजपनि-मेघगर्जन-र-चट्याङसहित-हल्कादेखि-मध्यम-वर्षाको-सम्भावना

बैशाख ३१ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण आज बिहान लुम्बिनी प्रदेशका केही भागमा हावाहुरीसहित बर्षा भएको छ । अहिले मौसम केही सामान्य भएको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा मधेस प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तैगरी प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वषाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।