Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

गुल्मीको रेसुङ्गामा कांग्रेसलाई सुरूआती अग्रता

2 weeks ago
गुल्मीको-रेसुङ्गामा-कांग्रेसलाई-सुरूआती-अग्रता

बैशाख ३१ । गोकर्ण पाण्डे, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहनु भएको छ । उहाँलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइ रहनुभएको छ । त्यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ । वडाध्यक्षमा हिराबहादुर थापा ४ सय ८२ मतसहित विजयी हुनुभएको हो ।