बैशाख ३० । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परीषदका अध्यक्ष बाबुराम भट्टराईसंग स्पष्टिकरण मागेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै मतदानका क्रममा मतपत्र सार्वजनिक गरेका भट्टराईसंग स्पष्टिकरण माग गरेको हो । आयोगले भट्टराइलाई मतपत्र सार्वजनिक गरेकोप्रति ध्यानाकर्षण गराउँदै २४ घण्टे स्पष्टिकरण सोधेको हो ।