बैशाख २९ । श्रीलंकाका प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राति गर्नुभएकोे भाषणको आलोचना गरेका छन् । भाषणमा राजापाक्षेले राजीनामाको आह्वानलाई बेवास्ता गरीे र व्यवस्था पुनस्र्थापित गर्ने वाचा गर्नुभएको थियो ।
गत महिना विरोध सुरु भएदेखि आफ्नो पहिलो राष्ट्रिय सम्बोधनमा राजापाक्षेले राष्ट्रपतिको केही शक्ति संसदलाई सुम्पने प्रस्ताव गरेपनि समय तालिका तय गर्नुभएको थिएन् ।
श्रीलङ्काली नागरीकहरुले भाषणले वास्तविक मुद्दाहरूलाई सम्बोधन गर्न नसकेको बताएका छन् ।
महिन्दा राजापाक्षेका समर्थकहरूले सरकार विरोधी प्रदर्शनकारीहरूमाथि हमला गरेका थिए । त्यपिश्चात हजारौं भेला भएका दुईवटा विरोध स्थलहरू ध्वस्त गरेपछि सरकार विरुद्धको हप्ताको शान्तिपूर्ण विरोध प्रदर्शन सोमबार हिंसक बनेको थियो ।