Devdaha Tv | राजनीति
जेठ १४ | 2022 May 28

निर्वाचन आयोगले माग्यो मन्त्री आलेसँग स्पष्टिकरण

2 weeks ago
निर्वाचन-आयोगले-माग्यो-मन्त्री-आलेसँग-स्पष्टिकरण

बैशाख २९ । निर्वाचन आयोगले संस्कृति,पर्यटन तथा नागरीक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई स्पष्टिरण सोधेको छ । निर्वाचन आचारसंहिता विपरीत कार्य गरेका भन्दै आयेगले २४ घण्टे स्पष्टिकरण सोधेको हो । 

आलेलाई डोटीको जोरायल गाउँपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको आयोजनामा बैशाख २६ गते पार्टीका लागि मत मागेको, भ्रमात्मक भाषण दिएको भनी उजुरी परेको थियो । त्यस्तै आलेविरुद्ध तडकभडक गरी भोजभतेर गरेका, मतदातालाई रकम बाडेका, गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको चरीत्रहत्या गरी सम्पादित भिडियो सार्वजनिक स्थलमा राखेका मन्त्री आलेलाइ उल्लीखीत अपराधसहित गुण्डागर्दी गरेकोमा उजुरी परेको थियो । 

आयोगले निर्वाचन आचारसंहिता २०७८ विपरीत अपराध गरेका मन्त्री आलेलाई के–कसो भएको हो र ? किन कारबाही गर्नु नपर्ने हो भन्दै प्रश्नसहित स्पष्टिकरण माग गरेको छ ।