Devdaha Tv | राजनीति
जेठ १४ | 2022 May 28

पर्वतमा निर्वाचनको तयारी अन्तिम चरणमा

2 weeks ago
पर्वतमा-निर्वाचनको-तयारी-अन्तिम-चरणमा

बैशाख २९ । पर्वतका सबै मतदानस्थलमा कर्मचारी खटिएको छन् । बुधबार साझसम्म जिल्लाका ७४ मतदानस्थलका १४७ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरीरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो । मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, मतदाता नामावली लगायतका सामाग्री लिएर कर्मचारीहरु मतदानस्थलतर्फ कर्मचारीहरु खटिएको लक्षु शर्माले बताउनुभयो । 

४७ जना मतदान अधिकृत, १४७ जना सहायक मतदान अधिकृत, २सय ९४ जना सहायक कर्मचारी, १ सय ४७ जना सहयोगी कर्मचारी गरी कुल ११०० भन्दा बढी कर्मचारी परीचालन भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले उल्लेख गर्नुभयो । 

पर्वतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सुरक्षा र अन्य व्यवस्थापकीय तयारीलाइ चुस्त पारीएको बताउँदै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।