Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १४ | 2022 May 28

पर्यटनको विकासले मात्र देवदहलाई समृद्ध बनाउन सकिन्छ : कृष्णप्रसाद न्यौपाने

2 weeks ago
पर्यटनको-विकासले-मात्र-देवदहलाई-समृद्ध-बनाउन-सकिन्छ-:-कृष्णप्रसाद-न्यौपाने

बैशाख २६ । पर्यटनको विकासले मात्र देवदहलाई समृद्ध बनाउने सकिने नेकपा एमाले केन्द्रिय अनुसाशन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपानेले बताउनुभएको छ । उहाँले देवदह भगवान गौतम बुद्धको मावली ठाउ समेत रहेकोले देवदहमा रहेका ऐतिहासिक स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्दै पर्यटकीय हवको रुपमा विकास गर्न नेकपा एमाले प्रतिवद्ध भएर लागि रहेकोमा जोड दिनु भयो । नेकपा एमाले देवदह–८, ले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आयोजना गरेको घरदैलो कार्यक्रमको शुभारम्भ गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेता न्यौपानेले देवदहमा रहेको सुकुम्वासी र अव्यवस्थित बसोवासको समस्या नेकपा एमालेले मात्र गर्न सक्ने दावी गर्नुभयो । उहाले नेकपा एमालेको सरकारले भूमि सम्वन्धी कानुन निर्माण गरेर भूमि आयोग बनाएर काम शुरु गरेकोमा जग्गाको नापजाच हुने भएपछि आयोग नै खारेज गरेर सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई परमादेशी सरकारले धोका दिएको आरोप लगाउनुभयो । 

सोही अवसरमा बोल्दै नेकपा एमालेको तफबाट मेयर पदका उम्मेदवार धु्रवप्रसाद खरेलले नेकपा एमालेले आमनागरिकको पक्षमा काम गर्ने बताउनु भयो । नेता खरेलले एमालेको सरकारले मात्र नागरिकलाई लालपुर्जा प्रदान गर्न सक्ने दावी गर्नु भयो । कार्यक्रममा उपमेयरका उम्मेदवार विद्यालक्ष्मीगुरुङ्ग, देवदह–८, का वडा अध्यक्षका उम्मेदवार हरिप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राख्नु भएको थियो । नेकपा एमालेको घरदैलो कार्यक्रममा आमनागरिकहरुको उत्साहजनक सहभागिता रहेको थियो । घरदैलो कार्यक्रममा आम नागरिकको समस्याका वारेमा उम्मेदवारले जानकारी लिदै एमालेका उम्मेदवारहरुलाई मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए ।