बैशाख २६ । हप्ताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य बृद्धि देखिएको छ । आईतबार प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै आईतबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज बृद्धि भई ९८ हजार २ सय कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १हजार २ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।