Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १४ | 2022 May 28

नागरिकलाई भूमिको मालिक बनाउन नेकपा एमालेको जित आवश्यक छ : छविलाल विश्वकर्मा

2 weeks ago
नागरिकलाई-भूमिको-मालिक-बनाउन-नेकपा-एमालेको-जित-आवश्यक-छ-:-छविलाल-विश्वकर्मा

बैशाख २५ । नागरिकलाई भूमिको मालिक बनाउन नेकपा एमालेको जित आवश्यक रहेको नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाँले तिनै तहको सरकारमा नेकपा एमालेको नेतृत्व भए मात्र नागरिकलाई भूमिको मालिक बनाउन सकिने बताउनु भएको हो । नेकपा कम्यूनिष्ट पार्टी एमाले देवदह–७, ले स्थानीय तह निर्वाचन–२०७९ लाई लक्षित गर्दै आयोजना गरेको घरदैलो कार्यक्रममा नेता विश्वकर्माले उक्त कुरा बताउनु भएको हो । उहाँले देवदहमा एमालेको नेतृत्व स्थापित हुन नसक्दा विकास निर्माणको कामले गति लिन नसकेको दावी गर्नु भयो । उहाँले संघीय, प्रदेश र स्थानीय तहमा एमालेको नेतृत्व भएमात्र देवदहको समग्र विकास गर्न सकिनेमा जोड दिनु भयो । उहाँले समग्र देवदहको विकासको लागि जनप्रतिनिधिले नागरिकको पक्षमा काम गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले बौद्ध विश्वविद्यालय स्थापना भएसंगै देवदहको विकासको लहर शुरु भएको भन्दै लुम्विनी बौद्ध विश्वविद्यालयले देवदहको विकासमा ठूलो महत्व राख्ने बताउनु भयोे । उहाँले नेकपा एमालेका उम्मेदवारलाई जिताउने गरी एमालेको पक्षमा लाग्नु नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो । उहाँले सत्तागठबन्धनका राजनीतिक दलहरु गठबन्धन गरेर निर्वाचनमा होमिए पनि नागरिक भने एमालेको पक्षमा रहेको दावी गर्नुभयो ।

नेकपा एमाले देवदह–७, शाखा कमिटीका अध्यक्ष तिलविक्रम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका अनुशासन आयोगका सदस्य डा. कृष्णप्रसाद न्यौपाने, मेयर पदका उम्मेदवार धु्रवप्रसाद खरेल, उपमेयर पदका उम्मेदवार विद्यालक्ष्मी गुरुङ्ग, नेकपा एमालेका नेता पदम थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो । शाखा कमिटीका सचिव दिपेशविक्रम मल्लको संचालनमा भएको घरदैलो कार्यक्रममा नेता, कार्यकर्ता, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।