बैशाख २५ । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य शुक्रबारको तुलनामा बृद्धि भएको छ । शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आईतबार ६ सयले बढेर प्रतितोला ९८ हजार ६ सयमा कारेबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय कायम भएको छ ।
चाँदीको मूल्यमा पनि शुक्रबारको तुलनामा वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ८० मा कारोबार भएको सुनको मूल्य प्रतितोला रु ५ ले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।