Devdaha Tv | राजनीति
जेठ १४ | 2022 May 28

प्रधानमन्त्री देउवाद्धारा पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह

2 weeks ago
प्रधानमन्त्री-देउवाद्धारा-पाँच-दलीय-गठबन्धनका-उम्मेदवारहरूलाई-मत-दिएर-जिताउन-बुटवलवासीलाई-आग्रह

बैशाख २४ । प्रधानमन्त्री समेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गर्नुभएको छ । शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताउदै गठबन्धन राष्ट्रिय आवश्यकताको रूपमा रहेको बताउनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको  चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सङ्घीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक रहेको बताउनुभएको हो । त्यस्तै एमसीसीमा बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलिया महत्वपूर्ण चौडा रोड बन्दै गरेको जानकारी दिदै देउवाले बहुचर्चित अमेरिकी सहायता परियोजना एमसीसीबाट सबैभन्दा बढी लाभ बुटवल, भैरहवा र दाङवासीलाई हुने बताउनुभएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधि सभा दुई पटकसम्म विघटन गरेकाले अहिलेको गठबन्धन बनेको बताउनुभयो । 

भोली आईतबार पालिका तह चुनावलाई सम्बोधन गर्न देउवा र प्रचण्ड दाङ जानुहुने भएको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकाको यही २५ गते आइतबार घोराही र तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । संयुक्त चुनावी गठबन्धन मार्फत पालिका तहको चुनावमा होमिएकाले चुनावी सभालाई संयुक्त रुपमा सम्बोधन गर्न प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डसहित केन्द्रीय स्तरका नेताहरुले सम्बोधन गर्नुहुने छ । घोराही र तुलसीपुरमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको समेत समितिले जनाएको छ ।