Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १४ | 2022 May 28

गठबन्धनले गर्याे चुनावी प्रचारप्रसार तिव्र

3 weeks ago
गठबन्धनले-गर्याे-चुनावी-प्रचारप्रसार-तिव्र

बैशाख २३ । स्थानीय तह निर्वाचन लक्षित घरदैलो र प्रचारप्रसार कार्यक्रमलाई राजनीतिक दलहरुले तिब्र रुपमा संचालन गरिरहेका छ्न । यसैबीच नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले देवदहको वडा ७ मा घरदैलो कार्यक्रम बृहत रुपमा सम्पन्न गरेको छ । नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्री, उपप्रमुख पदकी उम्मेदवार सुन्दरी गिरी, पार्टीका नगर स्तरका नेता कार्यकर्ता र सुभचिन्तकहरु सहित घरदैलो अभियान संचालन भएको संयुक्त गठबन्धन अन्तर्गत माओवादी केन्द्रका नेता मोतीलाल ढकालले बताउनुभयो । घरदैलो कार्यक्रममा जनताका गुनासो, सुझाव र प्रत्यक्ष रुपमा जनताको प्रतिक्रिया लिने काम भएको नेता ढकालले उल्लेख गर्नुभयो । माओवादी केन्द्रको १२ वटै वडामा घरदैलो जारी राखेका बेला माओवादी केन्द्रले पनि वडा अध्यक्षको उम्मेदवारको टिम सहित घर दैलो अभियान जारी राखेको नेकपा माओवादी केन्द्र प्रचारप्रसार बिभाग प्रमुख तथा पार्टीका नगर अध्यक्ष गोबिन्द ठडराईले जानकारी दिनुभयो । घर दैलो अभियानमा जनताको हक अधिकार सुनिश्चितता र समृद्द वडा निर्माणका लागि माओवादी केन्द्रलाई भोट दिन अपिल गरिएको अध्यक्ष ठडराईले बताउनुभयो ।