Devdaha Tv | स्थानीय/निर्वाचन विशेष
जेठ १४ | 2022 May 28

भष्ट्राचार मुक्त देवदहका लागि एमालेको जित आपश्यक छ : ध्रुवप्रसाद खरेल

3 weeks ago
भष्ट्राचार-मुक्त-देवदहका-लागि-एमालेको-जित-आपश्यक-छ-:-ध्रुवप्रसाद-खरेल

बैशाख २३ । भ्रष्टचार मुक्त गरी देवदहलाई समृद्धि नगर निर्माण गर्न नेकपा एमालेले जित्न आवश्यक रहेको मेयरका उम्मेदवार धु्रवप्रसाद खरेलले बताउनुभएको छ । उहाँले देवदहमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणका लागि आफु प्रतिवद्ध भएर लाग्नेमा जोड दिनुभयो । आगामी बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले देवदह–५, ले आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । मेयरका उम्मेदवार खरेलले आमनागरिकको सल्लाह र सुझाव अनुसार नगरपालिकाको योजना छनोट गरेर कार्यान्वयन गर्नेमा जोड दिनुभयो । उहाँले सहकार्यले मात्र दीगो विकास हुन्छ भन्ने कुराको आत्मसाथ गर्दै नागरिकको सmुझावलाई शिरोधार गर्ने बताउनुभयो । उहाँले देवदहलाई पर्यटकीय थलोको रुपमा विकास गरी लुम्विनीमा आउने पर्यटकलाई देवदहमा ल्याउने वातावरण तयार गर्ने बताउनुभयो । देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सके मात्र यहाँका नागरिकको आर्थिक अवस्था सुधार गर्न सकिनेमा जोड दिनुभयो । निर्वाचनको समयमा गरेका प्रतिबद्धता पुरा गर्न निरन्तर लागि रहने बताउनुभयो । नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएका नेता खरेलले पार्टीको निर्देशन अनुसार नागरिकको पक्षमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेकपा एमालेले नागरिकको पक्षमा गरेका असल कामको कारण आफुले धेरै ठुलो अन्तरले जित हासिल गर्ने दावी गर्नुभयो । आम देवदह वासीको समस्या समाधान गर्न सक्ने र बहाना बनाएर पछि नसर्ने भएको हुदा निर्धक्क भएर नेकपा एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गर्न आम नागरीक संग आग्रह गर्नुभयो । सोही कार्यक्रममा बोल्दै नेकपा एमाले देवदहका अध्यक्ष तथा निर्वाचन परिचालन कमिटीका संयोजक टिकाराम चापागाईले नेकपा एमालेको नीति तथा कार्यक्रम नागरिकको समृद्धि संग जोडिएकोले एमालेलाई मतदान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमालेले जित हासिल गर्दा नागरिक प्रति जिम्मेवार भएर लाग्ने बताउनुभयो । माध्यमिक विद्यालय सम्मको लागि निशुल्क शिक्षा, स्वास्थ्य पहुँचको लागि नेकपा एमालेका सम्पूर्ण उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर जिताउनु पर्नेमा जोड दिनुभयो ।