Devdaha Tv | शिक्षा / प्रविधि
आश्विन १४ | 2022 Sep 30
Flash News

सगरमाथा मा. वि. मा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न

5 months ago
सगरमाथा-मा.-वि.-मा-शुभकामना-तथा-विदाई-कार्यक्रम-सम्पन्न

बैशाख १० । सगरमाथा आवासीय माध्यमिक विद्यालयमा शुभकामना तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत कक्षा ११ को आयोजनामा कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच शुभकामना तथा विदाई गरिएको हो । सो अवसरमा बोल्ने वक्ताहरुले विद्यार्थीहरुले सकारात्मक कुरालाई आत्मसाथ गर्न सके जीवन सार्थक हुनेमा जोड दिनुभएको थियो । उहाँहरुले समाज र राष्ट्रको विकासमा विद्यार्थीहरु लाग्नु पर्ने बताउदै उच्च शिक्षाको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । संस्कार सहितको शिक्षालाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्नेमा वक्ताहरुको जोड रहेको थियो ।

सोही अवसरमा बोल्दै सगरमाथा कलेजका संचालक तथा देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले देवदहलाई शिक्षाको हवको रुपमा विकास गर्न नगरपालिका लागिरहेको बताउनुभयो । उहाँले शिक्षा संगै प्राप्त गरेको सीपलाई व्यवहारमा उर्तान सके आत्मनिर्भर बन्ने उल्लेख गर्नुभयो । विद्यार्थीहरुले उच्च शिक्षा सँगै समाजमा रहेका विकृति विसंगति अन्त्यको लागि सक्रिय हुनु पर्नेमा जोड दिनुभयो ।
कक्षा ११ का विद्यार्थी भावना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सगरमाथा क्याम्पस संचालक समितिका अध्यक्ष ऋषिराम सापकोटा, विद्यालयका प्रार्चाय कृष्णप्रसाद पौडेल, क्याम्पस संचालक शिवप्रसाद ढकाल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा बिभिन्न अतिरिक्त क्रियाकलापका उत्कृष्टहरुलाई अवार्ड समेत प्रदान गरिएको थियो । सगरमाथा क्याम्पसका सहायक प्रमुख प्रदिप अधिकारीको स्वागत, रोहित वाग्ले र खुसी विश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।