चैत्र २८ । दृष्टिविहीन व्यक्तीहरुका लागि गोलबल प्रतियोगिता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार तिलोत्तमा नगरपालिकाको संरक्षण र दृष्टिविहीन क्रिकेट संघ लुम्बिीनीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सांग व्यक्तीका लागि जति खेलकुद आवश्यक छ त्यत्तिकै महत्व तथा आवश्कता दृष्टिविहीन व्यक्तीहरुका लागि रहेको महसुस गरी प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष निर्मल पौडेलले बताउनु भयो । प्रशिक्षण कार्यक्रम साँेचे भन्दा पनि धेरै सफल भएको भन्दै आगामी दिनमा पनि यस्ता खालका खेलकुद कार्यक्रम आयोजना गर्नका लागि सधै लागि पर्ने संस्थाकी सचिव समिक्षा ज्ञवालीले बताउनुभयो ।
चार दिन सम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा दृष्टिविहीन तथा न्यून दृष्टि अपांगता भएका १५ जना खेलाडीको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा गीता रेग्मी र खेमराज सापकोटाले सहजीकरण गर्नु भएको थियो ।