चैत १७ । ए.एफ.सी कप–२०२२ को प्रारम्भिक छनोट खेल खेल्न श्रीलंका सुपर लिग च्याम्पियन ब्लु स्टार क्लब नेपाल आइपुगेको छ । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र ब्लु स्टारबीच चैत २२ मा खेल हुनेछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । ब्लु स्टार क्लब आज अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएको हो । मछिन्द्र क्लबका प्रतिनिधिले ब्लु स्टार क्लबलाई स्वागत गरेका थिए ।