Devdaha Tv | खेलकुद
जेठ १४ | 2022 May 28

नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश

1 month ago
नेपाली-राष्ट्रिय-क्रिकेट-टोली-अन्तर्राष्ट्रिय-शृंखलाको-फाइनलमा-प्रवेश

चैत १७ । नेपाली राष्ट्रिय क्रिकेट टोली त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा भएको खेलमा पपुवा न्युगिनी लाई ३७ रनले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।  त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २०४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सफल भयो । पीएनजीका लागि कार्लेश अमिनले ६२ रनको अर्धशतकीय पारी खेले । यस्तै टोनी उराले ४३ रन बनाउँदा सेसे बाउटले २५ रनको योगदान गरे ।  बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै सोमपाल कामी र अविनास बोहराले दुई–दुई विकेट लिए । कप्तान सन्दीप लामिछानेले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० मा ७ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्रले ६६ रनको अर्धशतकीय पारी खेले भने आदिल अन्सारीले ३१ रनको योगदान गरे । सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।  जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेर फाइनलमा स्थान बनाएको हो ।