Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १४ | 2022 May 28

देवदहका युवा छवि भट्टराईद्धारा देवदह नगरपालिकामाथिको शोधपत्रको हस्तान्त्रण

1 month ago
देवदहका-युवा-छवि-भट्टराईद्धारा-देवदह-नगरपालिकामाथिको-शोधपत्रको-हस्तान्त्रण

चैत्र १५ । देवदह नगरपालिका वडा नम्बर ४ का युवा छवि भट्टराईले स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति देवदह नगरपालिकामा पेश गर्नुभएको छ । उहाँले २ वर्ष लगाएर तयार गरेको शोधपत्र नगर प्रमुख हिराबहादुर खत्री, उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्ग तथा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेलाई एकमुस्ट रुपमा हस्तान्तरण गर्नुभएको हो । सोधपत्र ग्रहण गर्दै प्रमुख खत्रीले देवदहकै विषयमा गहिरो अध्ययन गरि आफ्नो शोंधपत्रको एकप्रती नगरपालिकामै रहने गरि उपलब्ध गराएकोमा युवा भट्टराईको प्रशंसा गर्नुभयो । नीतिनिर्माण गर्ने क्रममा यसप्रकारका शोंधपत्र सहयोगी हुने भन्दै उहाँले आँफुले तयार गरेको शोंधपत्र स्थानीय तहलाई दिएर युवा छवि भट्टराईले नयाँ प्रयोगको सुरुवात गरेको बताउनुभयो । सोधपत्र हस्तान्तरण गर्दै भट्टराईले देशका ७ सय ५३ वटै स्थानीय तहमा कहिँपनि यसप्रकारको सोधलेखन नभएको जानकारी गराउँदै त्यसमा देवदह नगरपालिका पहिलो भएको बताउनुभयो । सोधपत्रमा देवदह नगरपालिका र मातहतका कार्यालयले प्रयोग गरेको प्रविधी र त्यसबाट सेवाग्राही र सेवाप्रदायकले प्राप्त गरेको सुविधा लगायतको विषयमा गहिरो अध्ययन गरिएको भट्टराईको भनाई छ ।