Devdaha Tv | खेलकुद
जेठ १४ | 2022 May 28

अनेरास्ववियु रुपन्देहीद्धारा जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता सुरु

1 month ago
अनेरास्ववियु-रुपन्देहीद्धारा-जिल्ला-स्तरीय-अन्तर-कलेज-भलिबल-प्रतियोगिता-सुरु

चैत्र १४ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन–अनेरास्ववियु रुपन्देहीको आयोजनामा आजदेखि जिल्ला स्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष रामनाथ ढकालको स्मृतिमा आयोजित प्रतियोगिताको उद्घघाटन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकालले स्वर्गीय ढकालले लिएको सिद्धान्त अनुसार चल्न सके मात्रै आफुमाथि सच्चा सम्मान हुने उल्लेख गर्नुभयो । नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले स्वर्गीय ढकालको जिवनीबाट सिक्दै विद्यार्थी आन्दोलन र संगठनलाई व्यवस्थित बनाउन सुझाव दिनुभयो । जिल्लाका २१ समूह सहभागी प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी बाणिज्य क्याम्पसले जित दर्ता गरेको छ । लुम्बिनीले हरैया बहुमूखि क्याम्पसलाई २–१ को सेटमा जित दर्ता गरेको हो । पहिलो सेटमा लुम्बिनीले २५–२१ अङ्कमा जित दर्ता गरेको थियो भने दोस्रो सेटमा हरैयाले २२–२५ र तेस्रो सेटमा २५–१६ अंकसहित वाणिज्य क्याम्पसले जित हासिल गरेको थियो । दुबैतर्फबाट समान १–१ सेट रहेको अवस्थामा अन्तिम सेट भने वाणिज्य क्याम्पसले आफ्नो पक्षमा पार्न सफल भयो । चैत्र १७ गतेसम्म ४ दिन हुने प्रतियोगिताको विजेताले नगद ३३ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी उप विजेताले नगद २० हजार तथा तृतीय हुने समुहले ११ हजार नगद राशीसहित शिल्ड, मेडल र पमाणपत्र प्राप्त गर्ने छ ।