Devdaha Tv | खेलकुद
जेठ १४ | 2022 May 28

नेपाल टेलिकम रुपन्देही सुपर लिगमा खुकुरी क्रिकेट क्लबको जित

2 months ago
नेपाल-टेलिकम-रुपन्देही-सुपर-लिगमा-खुकुरी-क्रिकेट-क्लबको-जित

चैत ९ । नेपाल टेलिकम रुपन्देही सुपर लिगमा खुकुरी क्रिकेट क्लबले जित निकालेको छ । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा बुधबार भएको सुपर फोरको खेलमा लुम्बिनी खुकुरी क्रिकेट क्लबले वेष्टर्न क्रिकेट क्लबलाई ७४ रनले पराजित गरेको हो । जितसँगै एक खेलअगावै लुम्बिनी खुकुरी फाइनलमा पुगेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६ रनको योगफल बनाएको हो । त्यसका लागि लालबहादुर अधिकारीले ४८, निश्चल चौधरीले २९, शंकर रानाले २६ र अन्तिम थापाले २२ रन बनाए । बलिङमा वेष्टर्नका नरेन साउदले ४ तथा अनिल खरेल र शौरभ खनालले समान ३–३ विकेट लिए । प्रतिउत्तरमा वेष्टर्न ३३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३२ रनमै समेटियो । त्यसका लागि विक्रम भुसालले ५२, प्रतिष जिसीले ३३ र शौरभ खनालले १५ रन बनाए । बलिङमा लुम्बिनी खुकरीका अजयकुमार चौहानले ४, लालबहादुर अधिकारीले २ तथा धिरज शाही, शाहव आलम र इकलाख अहम्मदले समान १–१ विकेट लिए । लालबहादुर अधिकारी म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरेको आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेस्ट बलर, बेष्ट ब्याट्सम्यान, र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।