Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १४ | 2022 May 28

रुसी सेनाको गोलाबारीमा नौं जनाको मृत्यु

2 months ago
रुसी-सेनाको-गोलाबारीमा-नौं-जनाको-मृत्यु

चैत्र ६ । दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा नौं जनाको मृत्यु भएको छ । १७ जना घाइते भएसगैँ जापोरिज्जियामा ३८ घण्टा कफ्र्यू घोषणा गरिएको छ । सो क्षेत्रमा मोटार्स, ट्याङ्क, हेलिकोप्टर, रकेटमार्फत रुसी सेनाले हमला गरेको प्राप्त विवरणहरूमा जनाइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गर्न गरिरहेका बेला रुसी सेनाले तीव्र हमला गरिरहेको छ । २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन भने २५ लाख विस्थापित भएका छन । सो शहरमा अहिले पनि लडाइँ भइरहेको र शहरमा युद्धको असर नदेखिने एउटा पनि ठाउँ नरहेको बीबीसीले जनाएको छ ।