Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १४ | 2022 May 28

श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित

2 months ago
श्रीलङ्कामा-कागज-किन्ने-पैसा-नभएकोले-विद्यालय-तहको-वार्षिक-परीक्षा-अनिश्चित-कालका-लागि-स्थगित

चैत्र ६ । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । केही महिनादेखि विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाले कागज आयात गर्न नसक्दा परीक्षाको प्रश्नपत्र समेत छाप्न नपाउँदा परीक्षा स्थगित भएको हो । आउदो सोमबारदेखी हुने भनिएको परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको अल जजिराले जनाएको छ । माथिल्लो कक्षामा बढुवा गर्ने वा नगर्ने भन्ने स्तरउन्नती मुल्यांकन प्रकियाको प्रमुख अंशको रुपमा रहेको वार्षिक परिक्षा स्थगित हुदा विद्यार्थीको भविष्यमा अन्यौलता थपिने भएको छ । श्रीलङ्काले सन १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भइरहेको छ । सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ ।