चैत्र ६ । अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमामा आफ्नो अर्को मिसन पठाउने तयारी गरेको छ । एजेन्सीले पहिलो पटक आफ्नो विशाल चन्द्र रकेटलाई अगाडि ल्याएको छ । स्पेस लञ्च सिस्टम एस.एल.एस नामक उक्त रकेटलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टर लगिँदैछ । त्यहाँ एउटा डमी काउन्टडाउन गरिने त्यसपश्चात सबै ठिक रहे उक्त रकेटलाई मिसनका लागि तयार भएको घोषणा गरिने तथा केही महिनापछि क्रु बिनाको एउटा टेस्ट क्याप्सुल चन्द्रमा नजिकै पठाइने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन । एस.एल.एस.को अपोलो सेटर्न व्हिकल्सको तुलनामा थप शक्तिशाली बनाइएको छ । यस अन्तर्गत अन्तरिक्ष यात्रीहरुलाई पृथ्वीको सतहबाट टाढा पठाउने योजना मात्र नभएर चालक दलका सदस्यहरु थप समय त्यहाँ बस्न सक्ने पर्याप्त उपकरण र कार्गाेको व्यवस्था गरिएको छ ।