Devdaha Tv | शिक्षा / प्रविधि
जेठ १४ | 2022 May 28

एन प्याब्सन केन्द्रिय सचिव पदमा निर्वाचित पौडेलद्वारा धन्यवाद ज्ञापन 

2 months ago
एन-प्याब्सन-केन्द्रिय-सचिव-पदमा-निर्वाचित-पौडेलद्वारा-धन्यवाद-ज्ञापन-

फागुन २५ । नेशनल प्याब्सन नेपालको फागुन २२ र २३ गते बाँकेको नेपालगञ्जमा सम्पन्न भएको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय समितिको सचिव पदमा देवदहका कृष्ण प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । सगरमाथा आवासिय मा.वि. तथा सगरमाथा कलेजका प्राचार्य, हिसान रुपन्देहीका अध्यक्ष, शैक्षिक व्यक्तित्व विगत लामो समय देखि शिक्षा क्षेत्रमा आबद्द पौडेल नेशनल प्याब्सन नेपालको सचिव पदमा निर्विरोध रुपमा निर्वाचित हुनुभएको हो । आफुलाई साथ,सहयोग र बिश्वास गरेर निर्वाचित गर्नका लागि सहयोग गर्ने सम्पूर्णमा पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको छ । शिक्षा क्षेत्रमा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताउंदै पौडेलले शैक्षिक क्षेत्रमा सुधारका लागि काम गर्ने प्रतिबद्दता समेत ब्यक्त गर्नुभएको छ ।