Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १४ | 2022 May 28

क्यानडाको भ्यानकुभरमा मस्तिष्कको मृत्युको पहिलो रेकर्डिङ

3 months ago
क्यानडाको-भ्यानकुभरमा-मस्तिष्कको-मृत्युको-पहिलो-रेकर्डिङ

फागुन १२ । क्यानडाको लुइसभिल युनिभर्सिटीमा मस्तिष्कको मृत्युको पहिलो रेकर्डिङ भएको छ । ८७ वर्र्षीय मिर्गी लागेको बिरामीको मस्तिष्क तरंगहरू रेकर्ड भएको हो । रेकर्डिङले ३० सेकेन्ड अघि र पछि, मानिसको दिमागी तरंगहरूले सपना देख्ने वा सम्झनाहरू सम्झाउने ढाँचाहरू पछ्याएको प्रष्ट पारेको छ । यस प्रकारको मस्तिष्क गतिविधिले व्यक्तिको अन्तिम क्षणहरूमा अन्तिम जीवनको सम्झना हुन सक्छ भनेर सुझाव दिन सक्ने अध्ययन टोलीले उल्लेख गरेको छ । अध्ययनका सह–लेखक डाक्टर अजमल जेम्मारले क्यानडाको भ्यानकुभरमा रहेको टोलीले संयोगवश प्राप्त गरेको मस्तिष्कको मृत्युको पहिलो रेकर्डिङ रहेको बताउनुभयोे । वास्तवमा रेकर्डिङ पूर्णतया संयोगले भएको र टोलीले यो प्रयोग गर्ने वा यी संकेतहरू रेकर्ड गर्ने योजना नबनाएको उल्लेख गर्नुभयो । लुइसभिल युनिभर्सिटीका न्यूरोसर्जन डाक्टर जेम्मरले बिरामीको मुटुले मस्तिष्कमा रगत आपूर्ति गर्न बन्द गर्नुभन्दा ३० सेकेन्डमा उसको मस्तिष्कको तरंगले अध्ययन टोलीको ध्यान आकर्षीत गरेको बिबिसीले जनाएको छ । मृत्युको नजिकको यो अनुभवको बारेमा केहि रहस्यमय र आध्यात्मिक कुरा रहेको पनि  डा जेमरले उल्लेख गर्नुभयो ।