Devdaha Tv | अन्तर्राष्ट्रिय
जेठ १४ | 2022 May 28

अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल

3 months ago
अडानी-एसियाको-सबैभन्दा-धनी-व्यक्ति-बन्न-सफल

माघ २५ ।  अडानी गु्रपका चेयरम्यान गौतम अडानी एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल हुनु भएको छ । गौतमले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई जितेर यो स्थान हाँसिल गर्नुभएको हो । ब्लुमबर्ग बिलियनायर्स इन्डेक्सका अनुसार ५९ वर्षीय अडानीको नेटवर्थ ८८.५ अर्ब डलर पुगेको छ । त्यस्तै अम्बानीको नेटवर्थ भने ८७.९ अर्ब डलर रहेको छ । फोब्र्सको सूचीमा अडानी यसअघि नै अम्बानीभन्दा अघि रहिसक्नुभएको थियो । ब्लुमबर्गले अडानीलाई संसारको धनीमध्ये १० औं नम्बरमा राखेको छ । उहाँले पहिलोपटक यो उपलब्धि हासिल गर्नुभएको हो । त्यससँगै अम्बानीको नम्बर ११ मा पुगेको छ । यो वर्षको कमाईमा अडानीले सबैलाई उछिनेर एसियाको सबैभन्दा धनी व्यक्ति बन्न सफल हुनुभएको छ ।