Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

नेपाल सरकारको पीसीआर परीक्षण शुल्क घटाउने तयारी

4 months ago
नेपाल-सरकारको-पीसीआर-परीक्षण-शुल्क-घटाउने-तयारी

माघ ५ । सरकारले पीसीआर परीक्षण शुल्क घटाउने तयारी गरेको छ । परीक्षण निःशुल्क गर्न माग भइरहेको बेला सरकारले शुल्क घटाउने तयारी गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले भोलिसम्म शुल्क घटाउने निर्णय हुने बताउनुभयो । पीसीआर परीक्षणको सुविधा भएका अस्पतालमा ओपीडीको टिकट काटेर निःशुल्क परीक्षणको सेवा लिन सकिने पोखरेलले बताउनुभयो । विदेश जाने या अरु कामले परीक्षण गराउनेहरुलाई मात्र सरकारी अस्पतालमा एक हजार शुल्क लाग्ने, तर लक्षण भएका बिरामीको भने निःशुल्क पीसीआर परीक्षण हुने डाक्टर पोखरेलको बताउनुभयो ।