Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

नेपाल सरकारद्धारा अबुधाबीका विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाकोे निन्दा

4 months ago
नेपाल-सरकारद्धारा-अबुधाबीका-विभिन्न-स्थानमा-भएका-आतङ्कवादी-हमलाकोे-निन्दा

माघ ५ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाकोे निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो । व्यावसायिक एवं पर्यटन केन्द्रको राजधानी अबुधाबी विमानस्थल नजिक सोमबार इन्धन ट्रकमा आतङ्कवादी आक्रमण हुँदा तीन जनाको मृत्यु हुनाका साथै अन्य ६ जना घाइते भएका थिए ।