Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने

4 months ago
लुम्बिनी-प्रदेश-लगायत-अन्य-प्रदेशहरूको-पहाडी-भू–भागमा-आंशिक-देखि-सामान्य-बदली-रहने

माघ ५ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा आंशिक बदली को अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सुरकुहिरो लागि रहेको छ । आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। बिहीबार भने देशभर आंशिक देखि सामान्यतया बदली रहनेछ। प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।