Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

4 months ago
पछिल्लो-२४-घण्टामा-१०-हजार-२-सय-५८-जनामा-कोरोना-संक्रमण-पुष्टि

माघ ४ । पछिल्लो २४ घण्टामा १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २०७८ वैशाख २८ मा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८ सय २८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८ सय ७२ जनाको पीसीआर टेष्ट गर्दा ८ हजार ७ सय ३० र १० हजार २ सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो  । पछिल्लो २४ घण्टामा ५ सय ६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको मृत्यु भएको छ । हाल देशभर ३९ हजार ४४ संक्रिय संक्रमित रहेका छन ।