Devdaha Tv | समाचार
जेठ १४ | 2022 May 28

सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दै

4 months ago
सर्वोच्च-अदालतका-न्यायाधीशहरुको-पूर्ण-बैठक-आज-बस्दै

माघ ४ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक फूलकोर्ट आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्ण बैठक बोलाउनुभएको हो । कोरोना भाइरसको संक्रमण देशव्यापी बढ्दै जाँदा सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको हो । न्यायाधीश र कर्मचारी संक्रमित हुँदा सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय बैठक बस्न लागेको हो । आज दिउँसो डेढ बजे बस्ने बैठकमा सेवा प्रवाह र सेवा संकूचन एजेण्डा रहने बताइएको छ । ​प्रधानन्याधीशको राजीनामा न्यायाधीशहरूले माग्दै आएका कारण राणा बैठकमा बस्ने र नबस्ने टुंगो लागेको छैन ।