Devdaha Tv | राजनीति
जेठ १४ | 2022 May 28

नेपाली कांग्रेस क्षेत्रीय समिती क्षेत्र नं. १ रुपन्देहीको प्रथम बैठक सम्पन्न

4 months ago
नेपाली-कांग्रेस-क्षेत्रीय-समिती-क्षेत्र-नं.-१-रुपन्देहीको-प्रथम-बैठक-सम्पन्न

माघ ३ । नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिती क्षेत्र नं. १ रुपन्देहीको प्रथम बैठक सम्पन्न भएको छ । सोमबार पार्टीका क्षेत्रीय सभापति हिरा बहादुर खत्रीको अध्यक्षता तथा नेपाली कांग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो । बैठकले पार्टिको १४ औं महाअधिवेशन सम्पन्न गर्न सक्रिय भई लाग्ने सम्पूर्ण नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गरेको छ । महाधिवेशनमा बिभिन्न पदमा उम्मेदवारी प्रकट गरेका सम्पूर्ण आकांक्षी उम्मेदवारहरु प्रति सम्मान व्यक्त गर्दै बिजयी पदाधिकारीहरुलाई बधाई समेत ज्ञापन गरेको क्षेत्रीय सचिव बिजय गुरुङ्गले जानकारी दिनुभयो । साथै बैठकले रुपन्देही क्षेत्र नं. १ बाट उम्मेदवार भई पार्टीको केन्द्रिय सदस्यमा उत्कृष्ट मतका साथ बिजयी हुनुभएका केन्द्रिय सदस्य अब्दुल रज्जाकलाई समेत बधाई ज्ञापन गरेको छ । साथै बैठकले फोटो सहितको मतदाता नमावली संकलनका लागि पार्टीबाट योगदान पु¥याएका सबै नेता कार्यकर्तालाई धन्यवाद व्यक्त गर्दै सो कार्यमा अझै सक्रिय भएर लाग्न अनुरोध समेत गरेको गुरुङ्गले जानकारी गराउनुभयो । बैठकले तिब्र रुपमा फैलिएको कोभिड १९ को नियन्त्रणका लागि सरकारको निर्देशन पालना गर्ने गराउने सन्दर्भमा जिम्मेवार भएर लाग्न तथा विशेष भूमिका खेल्न समेत आग्रह गरेको छ । क्षेत्र मातहत रहेका सबै वडाको टोल बिकास समितीको गठन गरि सो को अभिलेख राख्न र क्षेत्रमा समेत पठाउन गाउँ नगर कमिटीलाई निर्देशन दिने तथा हरेक महिनाको ७ गते क्षेत्रीय समितीको नियमित बैठक बस्ने निर्णय भएको सचिव गुरुङ्गले जानकारी दिनुभयो ।