Devdaha Tv | समाचार
माघ ५ २०७८ | 2022 Jan 19
Flash News

सगरमाथा आवासीय माध्यमिक विद्यालयमा लोक नृत्य, नाटक मञ्चन प्रतियोगिता सम्पन्न

4 days ago
सगरमाथा-आवासीय-माध्यमिक-विद्यालयमा-लोक-नृत्य,-नाटक-मञ्चन-प्रतियोगिता-सम्पन्न

पौष ३० । देवदह – ७, शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयमा लोक नृत्य, नाटक मञ्चन प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा रहेको अभिनयात्मक कला र नृत्य कलाको अभिवृद्धि गर्ने उद्देश्यका साथ विद्यालयमा कृयाशील बालक्लव द्धारा नाटक मञ्चन तथा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ४ देखि ९ कक्षा सम्मका विद्यार्थीहरुको कक्षा गत रुपमा भएको नाटक प्रतियोगितामा कक्षा ४ देखि ६ र ७ देखि ९ गरी दुई तहमा निर्णय गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा ४ देखि ६ को तहमा कक्षा ५ प्रथम कक्षा ६ द्धितीय र कक्षा ४ ले तृतीय स्थान प्राप्त गरेका थिए । भने कक्षा ७ देखि ९ तर्फ कक्षा ८ ले प्रथम, कक्षा ७ ले द्धितीय र कक्षा ९ ले तृतीय स्थान हासिल गर्न सफल भए । नाटक मञ्चनको निर्णायकको भूमिका शिक्षक दधिराम ज्ञवाली र शिक्षिका आशा घिमिरेले गर्नुभएको थियो । त्यसै गरी अन्तर सदनात्मक रुपमा भएको लोक नृत्य तर्फ ब्लु सदन प्रथम, रेड सदन द्धितीय र ऐलो सदनले तृतीय स्थान हासिल गर्न सफल भएका छन । लोक नृत्य तर्फको निर्णायको भूमिका मनिता थापा र आरति गुरुङले गर्नुभएको थियो ।  विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका विभिन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको उक्त कार्यक्रम सगरमाथा बालक्लवका उपाध्यक्ष  नेत्र भुषालको अध्यक्षता र विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको सञ्चालन विद्यालयका मा.वि संयोजक प्रदीप अधिकारीले गर्नु भएको थियो । 

Recent News