पौष ३०। बिहीबार राति लन्च भएको नेपाली स्याटेलाइटले अन्तरिक्षबाट सिग्नल दिन थालेको छ। बिहीबार राति अमेरिकास्थित स्पेसएक्सको रकेटबाट प्रक्षेपण भएको नेपाली इन्जिनियरहरूले बनाएको सानोस्याट–१ ले प्रक्षेपण भएको दुई घण्टापछि सिग्नल दिन थालेको हो। यस स्याटेलाइटको मुख्य उद्देश्य सूर्यबाट वा अन्य ग्यालेक्सीबाट आएका विकिरणले अरु स्याटेलाइटलाई कस्तो क्षति गर्छ भन्ने रहेछ छ। नेपालमा नै निर्मित उक्त पिको–स्याटेलाइट पकेट क्युब स्याटेलाइट मिसनका प्रोजेक्ट हेड ओरियन स्पेसका सीईओ राकेशचन्द्र प्रजापतिका अनुसार स्याटेलाइटले बिटा–गामा विकिरण मापन गर्दै डाटाहरु ग्राउन्ड स्टेशनमा उपलब्ध गराउन थालिसकेको छ। जुन भविष्यमा विकास हुने स्याटेलाइटमा महत्वपूर्ण हुनेछ।